स्वार्थी नायिका

अभिनेत्री प्रियंका कार्कीले उत्तेजक दृश्य दिएको ‘कथा काठमाण्डु’ फिल्मको रातको कुरा गीत रिलिज हुँदा उनी विदेशमा थिइन् । यो गीतले यति सारो आलोचना भोग्यो कि, अभिनेत्रीको छाडापन भन्दै गाली बर्षिए । अश्लिल फिल्म राख्दै आएको पोर्न हबमा समेत यो भिडियोको क्लिप्स राखियो । तर, कार्की बोलिनन् ।

उनले त बरु,  फिल्मकी निर्देशक संगीता श्रेष्ठलाई फिल्म पब्लिसिटीमा नै नहिड्ने जानकारी दिएकी थिइन् ।

तर, फिल्मको ट्रेलर रिलिजपछि भने उनको सर्वत्र प्रशंसा भयो । कमेन्ट सकारात्मक आएपछि उनै अभिनेत्री कार्कीले यो टिमको सदस्य बनेर एउटा च्यालेन्जिङ भुमिका गर्न पाएको भन्दै खुशी व्यक्त गरिन् । उनले यो फिल्ममा मौका दिएको भन्दै निर्माता र निर्देशकलाई धन्यवाद  पनि दिइन् ।

आलोचना हुँदा मिडियासँग पनि बोल्न नमान्ने अभिनेत्री तारिफ हुँदा भने लामो स्टाटस कोरेर दंग छिन् । उनले आलोचना हुँदा आफ्नो र फिल्मको बचाउ गर्न चाहिनन् । तर, अहिले भने उनी फिल्मको क्रेडिट लिन खोजिरहेकी छिन् । यो त स्वार्थी बानी भएन र ?