क्यूएफएक्स चेनमा ‘रामकहानी’लाई भन्दा ‘रोज’लाई बढी शो

भदौ २२ देखी प्रदर्शनमा आउनलागेका दुई बिग ब्यानरका फिल्म ‘रोज’ र ‘रामकहानी’लाई लिएर विभिन्न कोणमा बिभिन्न अड्कलबाजी फिल्म वृत्तमा भइरहेका छन् । यस अघी एकसाथ फिल्म प्रेम गीतमा स्क्रिन सेयर गरेका नायक प्रदिप खड्का र नायिका पुजा शर्माको स्टारडम टेस्टको रुपमा पनि कतिपयले यी दुई फिल्मलाई हेरेका छन् । पछिल्लो समय पुजा र प्रदिपको बीचमा फिल्मी सित युद्ध नै चलेको देखिन्छ । प्रोमोसन स्ट्राटिजी देखी मिडियामा यी दुई को भन्दा को कम बनेर लागिपरेका छन् । प्रश्न एउटै छ ? बाजी कसले मार्ला ?

शुक्रवार देखि यी दुई फिल्म हलमा लाग्दै छन् । यसमा पनि कुन फिल्मले कति शो पाए भन्ने चासोको बिषय पक्कै बनेको छ । फिल्मको व्यापारिक हिसाबमा मुख्य कारक मानिएको क्यूएफएक्स चेनमा भने ‘रोज’ले बाजी मारेको छ । प्रदिप खड्का, मिरुना मगर र परमिता आर एल राणाको मुख्य भुमिका रहेको फिल्म रोजलाई १५ शो दिइएको छ । जबकी पुजा शर्मा र आकाश श्रेष्ठसँगै हाँस्य कलाकारहरुको बाक्लो उपस्थिती रहेको फिल्म रामकहानीले  क्यूएफएक्स चेनमा कुल १३ शो पाएको छ । क्यूएफएक्स चेनको कुल ५८ शोमा नाई नभन्नु ल ५ (३ शो), हलिउड फिल्म कन्जुरिङ्ग (२३ शो), हलिउड फिल्म अल्फा (१ शो), बलिउड फिल्म स्त्री (४ शो), गरी ३१ शो बाँडेका छन् ।

हलिउड, बलिउडसँगै एक नेपाली फिल्मसँग यी २ फिल्म जुध्ने छन् । यो जुधाईमा को साँडे हुनेछ र को बाच्छा त्यो भने प्रतीक्षाको बिषय बनेको छ ।

नोट : अन्य हलको शो विवरण अपडेट गराउनेछौँ ।