‘यमला पगला दिवाना फिर से’ का कारण तनाबमा देवल परिवार

देवल परिवारको फिल्म ‘यमला पगला दिवाना फिर से’ ले दर्शक तथा देवल परिवार खुदलाई निकै निराश तुल्याएको छ । निराश यस अर्थमा की फिल्मले आशलाग्दो व्यपार गर्न सकिरहेको छैन । उक्त फिल्मले कृष्ण जन्माष्टमीको छुट्टीको फाईदा पनि लिन सकेनन् । फिल्मले अहिलेसम्म ७.५७ करोडको कुल कमाई गरेको छ भने १.८२ कारोडले ओपनिंग गरेको थियो, जो देवल परिवारले आश गरेको भन्दा निकै कम रहेको थियो । वीकेन्डमा पनि फिल्मले त्यस्तो खासै कमाल देखाउँन सकेन ।

फिल्मले शनिवार १.८० को कलेक्सन गर्यो भने आईतबार २.७० करोडको व्यापार गरेको थियो । अझै दुख लाग्दो कुरा त फिल्मले पंजाबमा झन खराब व्यापार गरिरहेको छ, जुन देवल्सका फिल्महरुले राम्रो व्यपार गर्ने ठाउँ मानिन्छ । फिल्मले ईस्ट पंजाबबाट ९१ लखको मात्र कमाई गरेको छ, जबकी सबभन्दा ज्यादा कमाई मुंबई र दिल्लीबाट गरेका छन् । फिल्मले मुंम्बईबाट १.७२ करोड र दिल्लीबाट १.७३ करोडको कमाई गरेको छ ।