बलिउड अभिनेता दिलिपकुमार अस्पताल भर्ना

बलिउड अभिनेता दिलिपकुमारको स्वस्थमा समस्या देखा परेको छ । ९५ बर्षिय अभिनेतालाई छातिमा अप्ठेरो भएपछि मुम्बईको लिलावती अस्पतालमा भर्ना गरिएको छ ।

दिलिपकुमारका पारिवारिक चिकित्सक डा. रमेश शर्माले उनको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिए । ‘सास फेर्न अप्ठेरो भएपछि अस्पताल भर्ना गरिएको हो । उहाँको छातिमा संक्रमण देखिएको छ । खोकीले पनि सताइरहेको छ । केही दिन अस्पताल बस्नुपर्ने हुन सक्छ,’ उनले भने । दिलिपकुमारको अस्वस्थता बारे सामाजिक संजाल मार्फत खबर सार्वजनिक गरिएको थियो ।