करोडको खुशीयाली कि अशोकलाई काउन्टर ?

२ वटा ठूला ब्यानरका फिल्म एकसाथ जुधेपछि जे गर्दा पनि प्रतिस्पर्धा नै लाग्ने । निर्देशक अशोक शर्माको जय भोले र निर्माता दिपकराज गिरीको छक्का पन्जा ३ दशैमा रिलिज हुने कुरो छ । तर, दुबै निर्माताले फिल्म रिलिजको मिति तय गर्न सकेका छैनन् ।

बिहिबार जय भोलेको ट्रेलर सार्वजनिक गर्ने कार्यक्रम थियो । यो कार्यक्रम  तय भए लगतै फिल्म छक्का पन्जा ३ को पनि कार्यक्रम तय भयो । छक्का  पन्जा ३ को पहिलो नम्बरमा गीतले १ करोड दर्शक युटुबमा पाएको भन्दै केक काटियो । केक काटेको खबरले मिडियामा स्थान त पायो नै ।

जय भोलेले कार्यक्रम तय गरेपछि त्यो अघि नै दिपकराज गिरी र दिपाश्री निरौलाले कार्यक्रम राखेका थिए । पत्रकार र फिल्मीकर्मीले त यो कार्यक्रमको अर्थ अशोक शर्मालाई काउन्टर दिनकै लागि त होला नी भनेर वुझे ।

दुई फिल्मको पब्लिसिटी अघि बढिरहेको छ । दुबैलाई मेरो फिल्मले कमाउँछ भन्ने छ । छक्का पन्जा ३ र  जय भोलेका निर्माता दुबै ढुक्क छन् । तर, कार्यक्रम गर्न प्रतिस्पर्धा हुन थालेको छ ।

दिपकराज गिरीले करोडको खुशी साटेका हुन् अशोकलाई काउन्टर दिएका होलान् ?