‘दाई चै नभन ल !’ जय भोले ट्रेलर

Mero Film

फिल्म ‘जय भोले’ को ट्रेलर रिलिज भएको छ । कमेडी जनराको फिल्ममा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, बुद्धी तामाङ्, सलोन बस्नेत, अशोक शर्मा, राजाराम पौडेल, बसुन्धरा भुसाल, लक्ष्मी गिरी, जय नन्द लामा, सुर्बिर पण्डित, सार्दा गिरी, रामचन्द्र अधिकारि, किशोर भण्डारी, सुरेन्द्र के.सी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

फिल्म अशोक शर्माले निर्देशन गरेका हुन । एए ग्रुप अफ कम्पनिजको प्रस्तुती रहेको जय भोलेलाई किरन शर्मा, कृति शर्मा, अन्कित शर्मा लगायतले संयुक्त रुपमा निर्माण गरेका हुन । फिल्ममा बसन्त श्रेष्ठको कोरियोग्राफी, राजन राज सिवाकोटीको संगीत, वान नेपाल स्टन्ट टिमको द्वन्द, राजु ढुंगानाको सम्पादन र पुरुषोत्तम प्रधानको छायाङ्कन रहेको छ । फिल्ममा कथा खगेन्द्र लामिछानेको रहेको छ । यही आउदो दशैँमा फिल्म प्रदर्शनमा आउनेछ ।


Leave a Reply

Your email address will not be published.