घोषणामा मात्र ठूला कुरा गरेर हुन्छ ?

फिल्म घोषणा गर्दा ठूला कुरा गर्ने अनी फिल्म बनाउँदै जाँदा टाट पल्टिएर भागभाग हुने अवस्था छ नेपाली फिल्ममा ।

अन्नपूर्ण होटल जस्तो महंगो स्थानमा घोषणा गरेर हामीसँग पैसा छ भनेर देखाएका रानी महलका निर्माता २० प्रतिशत फिल्म छायांकन भएपछि रुदै हिडेको यही फिल्म क्षेत्रमै हो ।

अन्नपूर्ण जस्तो पाँच तारे होटलमा १० वटा फिल्म लगातार बनाउछु भनेर घोषणा गरेर अनावश्यक खर्च गरेका निर्माता जे गौतम अहिले फिल्म कस्मिक लभका लागि पैसा नभएर सम्पर्क बाहिर रहेको खबर सार्वजनिक भएको छ ।
एउटा फिल्म बनाउछु, राम्रो बनाउछु भनेर सोचेर आइदिएको भए अहिले यो अवस्था हुन्थ्यो होला ? अहिले अब फिल्म नै बन्छ या बन्दैन भन्ने दोधारे अवस्था छ ।

फिल्म बनाउनु भनेको धाक धक्कु लगाए जस्तो होइन भनेर निर्मातालाई कसले वुझाउनु ? यस्ता फिल्म त नेपाली फिल्म क्षेत्रमा कति छन् कति, जो पैसा सकिएर रिलिज हुन सकेका छैन, पैसा सकिएर प्रचार नै नगरी हलमा लागेका
पनि छन् ।

निर्माता मुर्गा हुन्छन् कि आफै जानी जानी मुर्गा बन्छन्, केही निर्माताको फुई र काम गर्दै जाँदा भागभाग हुने स्थितीले त मुर्गा आफै बन्छन् जस्तो देखिन्छ ।