फ्राइडे रिलिजमा ‘रोज’ र ‘रामकहानी’

भदौ २२ शुक्रवार देखि २ प्रतिक्षित फिल्म ‘रोज’ र ‘रामकहानी’ प्रदर्शनमा आएका छन् ।

प्रदीप खड्का, मिरुना मगर र परमिता आर एल राणाको मुख्य भूमिका रहेको फिल्म रोज सँगै पूजा शर्मा र आकाश श्रेष्ठ, केदार घिमिरे माग्ने बुढा, जीतु नेपाल लगायतका हाँस्य कलाकारको जम्बो टोलिको अभिनय रहेको रामकहानी प्रदर्शनमा आएका हुन् । रोज र रामकहानी प्रदर्शनलाई कतिपयले प्रदीप र पूजाको स्टारडमको लडाईंइँको रुपमा पनि हेरेका छन् । सुदर्शन थापा निर्देशित रामकहानी र निरक पौडेल निर्देशित रोजको बीचमा लामो समय अगाडी देखि सित युद्ध देखिँदै आएको छ ।

एकअर्कासँग भिड्नका लागी एकसाथ मैदानमा आएका यी दुई फिल्म मध्य कसले बाजी मार्छ त्यो भने हेर्न बाँकी छ ।

‘नाई नभन्नु ल ५’ तेश्रो हप्तामा

भदौ ८ गते देखि प्रदर्शनमा आएको फिल्म नाई नभन्नु ल ५ तेश्रो हप्तामा प्रवेश गरेको छ । स्वस्तिमा खड्का, प्रियंका कार्की, केकी अधिकारी, अभिषेक नेपाल, अनुभव रेग्मी, सेड्रिना शर्मा लगायतको मुख्य भुमिका रहेको फिल्मलाई विकाश राज आचार्यले निर्देशन गरेका हुन् । फिल्म तेश्रो हप्तामा सफलता पुर्वक प्रदर्शन भैरहँदा यसको असर शुक्रवारबाट प्रदर्शनमा आएका दुई फिल्म रोज र रामकहानीलाई पर्ने देखिन्छ ।