सिविक थिएटरमा “पण्डित बाजे को लौरी”

अमृत शर्मा : बाबा एजुकेशन कन्सल्टेन्सीको प्रस्तुतिमा आगामी सेप्टेम्बर २९ मा सिड्नीको सिविक थिएटरमा नेपाली फिल्म “पण्डित बाजे को लौरी”  प्रदर्शन हुने भएको छ ।

अष्ट्रेलियामा नेपाली फिल्म प्रदर्शन र कार्यक्रम गरेर चर्चा कमाई रहेको आर के एस अष्ट्रेलियाले नै यो फिल्मलाई सिड्नीमा प्रदर्शन गर्ने जिम्मा लिएको हो । अष्ट्रेलियामा रहेका नेपाली दर्शकहरुको नेपाली फिल्म प्रतिको माया र सम्मानलाई मघ्यनजर गर्दै र विदेशमा पनि नेपाली फिल्मको बजार प्रबर्धन गर्नका लागि आफुहरुले यो फिल्म प्रदर्शन गर्न लागेको बताउछन आर के एस अष्ट्रेलियका डाइरेक्टर रविन्द्र कुमार शर्मा ।

झट्ट हेर्दा कमेडी र रोमान्स मिसिएको देखिने फिल्म “पण्डित बाजे को लौरी “ अध्रीत फिल्मसले निर्माण गरेको हो । थमन भण्डारीको निर्माण, कृष्ण बम मल्ल र अमित श्रेष्ठको संगीत साथै महेश दवाडीको कथामा बनेको फिल्म “पण्डित बाजे को लौरी “ लाई दिपक ओलीले निर्देशन गरेका हुन्  । फिल्ममा प्रविन खतिवडा, प्रमोद अग्रहरी, विजय बराल, सन्ध्या केसी, मरिस्क पोखरेल, भोलाराज सापकोटा लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

नेपालको प्रदर्शनबाट राम्रै चर्चा बटुलेको यो फिल्मले सिड्नीका दर्सकलाई पनि भरपुर मनोरंजन गराउने कुरामा बिस्वस्त छ निर्माण पक्ष ।