फिल्म ‘शुभ लभ’ छायांकन सुरु

चलचित्र संघका अध्यक्ष तथा निर्माता प्रदीप कुमार उदयको फिल्म ‘शुभ लभ’ को छायांकन सुरु भएको छ । यसै फिल्मबाट युवा ज्योतिष तथा लेखक हरिहर अधिकारी फिल्म क्षेत्रमा डेव्यु गर्दै छन् ।

लभ स्टोरी फिल्म ‘शुभ लभ’ मा हरिहरले मिस टिन २०१७ कृष्टिना पौडेलसँग स्क्रिन सेयर गर्नेछन । सन्तोष बाबु लोहनीको निर्देशन रहने फिल्ममा हरिहर र कृष्टिनीसँगै प्रदीप बास्तोला, सरोज खनाल, राजाराम पौडेल, रविन्द्र झाको मुख्य भूमिका रहनेछ भने डाक्टर सूर्या थापा र कार्यकारी निर्माता उदयको पनि अतिथि भूमिका रहने छ ।

अभिमन्यू निरवीको पटकथा तथा लेखन रहेको फिल्मको कथा हरिहर कै हो । फिल्ममा रामेश्वर कार्कीको छायाँकन, अर्जुन पोखरेलेको संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । बुद्ध ईन्टरटेनमेन्ट प्रा.लिको ब्यानरमा ‘शुभ लभ’ प्रदीप कुमार उदयको प्रस्तुती र धर्मराज शर्मा सुवेदीको निर्माण रहनेछ । फिल्मको छायाँकन काठमाण्डौं, पोखरा, अन्नपूर्ण वेस क्याम्प, ईलाम लगायतका क्षेत्रमा हुनेछ । ‘शुभ लभ’ लाई चैत १५ गते प्रदर्शन गरिने छ ।