फिल्म भन्दा मुहुर्त स्टाइल राम्रो

नेपालको पुरानो फिल्म मेकिङ गर्ने ब्यानर गोपिकृष्ण मुभिज र यसका अध्यक्ष निरक पौडेलबाट दर्शकले राम्रो फिल्म आउला भन्ने अपेक्षा गर्न पाउँछन् ।

अमेरिकामा नै फिल्म मेकिङ पढेर आएका निरकबाट राम्रो फिल्म अपेक्षा गर्ने दर्शकले फिल्म बनाउनु त केटाकेटी खेलेको जस्तो रहेछ भनेर वुझे भने के होला ?

निर्देशक निरक पौडेलको फिल्म र त्यसको समिक्षा पढ्दा त्यस्तै लाग्छ । निरक पौडेलले फिल्म होमवर्क बनाउने समयमा बालाजुको ल्याबमा सेट लगाएर जुन खालको मुहुर्त कार्यक्रम गरेका थिए, त्यसले अब केही हुन्छ कि भन्ने लागेको थियो । होमवर्कमा उनले अभिनेता आर्यन सिग्देललाई पाको मानिस बनाएका थिए । मुहुर्तमा देखिएको जस्तो रोचकता फिल्ममा देखिएन र फिल्म चलेन ।

फिल्म रोजको मुहुर्तमा पनि प्रदिपको गेटअप, अदालतको सेटअपले फिल्म राम्रो बन्ला भन्ने सोचेका थिए पत्रकारले । तर, भदौ २२ गतेबाट फिल्म रिलिज भएपछि समिक्षा पत्रकार र दर्शकले गर्न थालिसकेका छन् । निरक पौडेलले मुहुर्तमा जस्तो दिमाग फिल्मको मेकिङमा किन लगाउँदैनन् ?  कि फिल्म बनाउनु सजिलो काम हो भन्ने लाग्छ उनलाई ?

हतारमा फिल्म बनाएर त्यो भन्दा हतारमा फिल्म रिलिज गर्नुपर्ने वाध्यता गोपिकृष्णका मालिकलाई किन थियो होला ? तर, निरकको क्रियटिभिटी मुहुर्तमा देखियो, फिल्ममा देखिएन ।