गजल उस्ताद पंकज उदासको लभ लाइफ

गजल गायक पंकज उदास १७ मे १९५१ गुजरातमा जन्मेका थिए । पंकजले गजलको दुनियामा निकै नाम कमाएका छन् । त्यस्तै उनको लभ लाईफ पनि कुनै फिल्मको काहानी भन्दा कम छैन । कुरा ७० दशकको हो । पंकजले आफ्नो छिमेकीको घरमा फरीदालाई देखेका थिए, देख्ने बित्तिकै फरीदा उनको दिलमा बसिन् । छिमेकीलेनै पंकज र फरीदालाई भेटाएका थिए । त्यतिबेला पंकज ग्राजुएशन गरिरहेका थिए भने फरीदा एयर होस्टेश भैसकेकी थिईन । केहि समय पस्चात दुबैले एक अर्कालाई मन पराउँन थाले ।

पंकजका परिवार उनको र फरीदाको रिलेशनलाई लिएर खुशी थिए । तर फरीदाका परिवार भने राजी थिएनन् । उनीहरु आफ्नो छोरी पंकजलाई दिन चाहदैनथे । यसैकारण पंकज र फरीदा दुबै परिवारलाई मनाउँन तर्फ लागे । तीन भाईमा पंकज सबैभन्दा कान्छो थिए । उनका दुई दाईहरु मनहर अधास र निर्मल अधास म्युजिक फिल्डका थिए । यसकारण पंकजको रुची पनि म्युजिकमा नै थियो । उनले गजल दुनियामा आफ्नो कदम चाले । उनले आफ्नो पहिलो एल्बम आहट सार्वजनिक गरे । पहिलो एल्बम लन्च भएसँगै उनलाई बलिउडबाट गीतहरुका लागी भटाभट अफर आउन थाले । आहट पस्चात उनले तरन्नुम र सन् १९८२ मा महफिल नामक एल्बम सार्वजनिक गरेका थिए ।

तीन एल्बम सार्वजनिक भएपछि पंकज संगीतको दुनियामा चर्चित बनेका थिए । यहि दौरानमा उनले फरीदाका पितालाई भेट्ने सोच बनाए । उनी फरीदाका पितालाई भेट्न गए, जो रिटायर्ड पुलिस अफिसर थिए । यस भेटमा फरीदाका बुवाले मन्जुरी जनाए । अन्तत उनीहरुले आफ्ना दुई परिवारलाई मञ्जुरी बनाएरै छाडे र फेरवरी ११, १९८२ मा उनीहरुले विवाह गरे । र हाल उनीहरुको दुई छोरी छन् नायाब र रेवा ।