नसामा झुम्म आर्यन र श्रृष्टि (भिडियो)

फिल्म बाँध मायालेको दोश्रो गीत ‘आउने जाने’ सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य दुई कलाकार आर्यन अधिकारी र श्रृष्टि श्रेष्ठसँगै राजा राम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङ लगायत फिचर्ड छन् । गीतमा दुर्गा खरेल, अर्जुन पोखरेल र सुरेश लामाको स्वर  र लोक राज अधिकारीको शब्द रहेको छ । उक्त गीतको भिडीयोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

फिल्ममा आर्यन, सृष्टि सँगै राजाराम पौडेल, किशोर खड्का, रविन्द्र प्रताप सेन र विशाल चाम्लिंग लगायतका कलाकारहरुको अभिनय रहेको छ । काइट्स इन्टरटेनमेन्टको प्रस्तुती रहेको फिल्म रामहरी धिताल र विभिषिका श्रेष्ठले निर्माण गरेका हुन् भने सह निर्माताको रुपमा महेन्द्र अधिकारी र केदार धिताल रहेका छन् । बाबु श्रेष्ठको छायाँकन रहेको फिल्ममा रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन र अर्जुन पोखरेलको संगीत रहेको छ । सबिर श्रेष्ठ निर्देशित फिल्म असोज ५ गतेदेखि प्रदर्शनमा आउँदैछ ।