गर्भवती नेहाको व्यस्त दैनिकी

नेहा अंगदले यहि मेमा बिवाह गरेका हुन् । उनले केहि समय अघि सामजिक संजाल इन्स्टाग्राममा फोटो पोष्ट गर्दै आफ्नो प्रीग्नेंसीको खबर बाहिर ल्याएकी हुन् । ३७ बर्षीया बलिउड एक्ट्रेस नेहा धुपियाले २ बर्ष कान्छा एक्टर अंगद बेदीसंग केहि समय अघि विवाह गरेकी हुन् । यी दुईको विवाह गुपचुप जस्तै भयो । नेहाले सामाजिक संजाल मार्फत आफ्नो विवाहका साथै प्रिग्नेंसीको जानकारी दिएकी थिइन् ।

गर्भवती नेहाको व्यस्तता घटेको छैन । विभिन्न कार्यक्रममा उनी बिनाकुनै हिच्किचाहट पुगिननै रहन्छिन । केहि दिन अगाडी उनी बेबी बम्प सहित र्याम्पमा उत्रीइन् । साथै उनले आफ्नो च्याट शो पनि रोकेकी छैनन् । नेहाको च्याट शो ‘नो फिल्टर’ निकै चर्चित छ । उनी अब यसको तेस्रो सिजन लिएर आउने तयारीमा छिन् । जसको केही भाग सुटिङ भइसकेको छ ।

पतिको रेस्ट गर्नपर्ने प्रेसरलाई बेवास्था गर्दै उनी काम मै ब्यस्त छिन् । बच्चा जन्माउनु अघिसम्म आफू काम गर्न नछोड्ने उनले आफ्ना निकटस्थहरुलाई बताउने गरेकी छन् । बच्चा जन्माएपछि भने केही समय ब्रेक लिने उनको तयारी छ ।