बसन्त बस्नेतको ‘७२ को विस्मय’ सार्वजनिक

पत्रकार तथा लेखक बसन्त बस्नेतले २०७२ सालका तीन महत्वपूर्ण घटना भुइँचालो, संविधान र नाकाबन्दीको सेरोफेरोमा लेखेको ‘७२ को विस्मय’ पुस्तक शनिबार सार्वजनिक भएको छ ।

पुर्व राष्टपति डा. रामवरण यादव,  राष्टिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारी,  नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई,  नेकपा नेता तथा पूर्वसभामुख सुवास नेम्बाङ र लेखकले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन् ।

कार्यक्रममा लेखक बस्नेतले आफूले कान्तिपुरका लागि रिपोर्टिङ क्रममा देखेका अनुभूति पुस्तकमा समेटेको बताए। पुस्तक फाइनप्रिन्टले प्रकाशनमा ल्याएको हो ।