इश्कजादें जोडीको ‘नमस्ते इंग्ल्याण्ड’ ट्रेलर

अर्जुन कपुर र परिणिती चोपडा अभिनित फिल्म ‘नमस्ते इंग्ल्याण्ड’ को ट्रेलर सार्वजनिक भएको  छ । कपुर र चोपडा दुबै बलिउडमा ‘इश्कजादें’ बाट एकसाथ बलिउड प्रवेश गरेका थिए । विपुल अमृतलाल शाह निर्देशित फिल्म अक्षय कुमार र कैटरीना कैफ अभिनित ‘नमस्ते लण्डन’को सिक्वेल हो । फिल्म दशैंमा रिलिज हुनेछ ।