सर्वनाम थिएटरमा भक्ति संगीत

Mero Film

शनिबार सर्वनाम थिएटरमा मनिष सापकोटाको भक्ति संगीत साँझ सम्पन्न भयो  ।  सापकोटाले करिब एक दर्जन कलाकारको साथमा भक्ति संगीत गाएका थिए  ।

करिब २ घण्टा चलेको दर्शकले भरिभराउ भएको उक्त हलमा गायक मनिष सापकोटालाई गायनमा सिता सुबेदी मेनुका कुवर, मिना नेपाली, तारा लिम्बुले साथ दिएका थिए  ।  भने बाध्यबादनमा तबेला लक्ष्मी डंगोल, गितार जिके सिंह,बासुरी डा निरन्जन भण्डारी, किबोर्ड ब्रुनो तामाङ, अक्टोप्याड तेज कुमार श्रेष्ठ, ढोलक सुधिर चौधरी, मादल सुनिल अर्याल लगायतका थिए  ।

उक्त कार्यक्रममा औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष सन्दिप महत, संगीतकार बुलु मुकारुङ, दिपक जंगम, राजु सिंह, रमण घिमिरे, किरण प्रधान, बरिष्ट पत्रकार हरिहर बिरही, औधोगिक शान्ति नेपाल सस्थाका कोषाधक्ष्य प्रितम मल्ल लगायतका बिशिष्ट व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो   ।


Leave a Reply

Your email address will not be published.