परमिताको हत्या मोह

अभिनेत्री परमिता आर एल राणाको फिल्मी यात्रा लामो छैन । उनले ‘चपली हाइट २’ बाट फिल्ममा डेब्यू गरेकी हुन् । उनले फिल्म ‘रोज’मा पनि काम गरिन् । ‘चंगाचेट’ उनको रिलिज हुन बाँकी फिल्म हो ।

चपली हाइट २ हेरेका दर्शकलाई याद नै छ कि यो फिल्ममा उनको हत्या हुन्छ । प्रेमको नाटक गरेर उनलाई आयुष्मान देशराजले हत्या गरेर गाडेको फिल्ममा देखाइएको छ । परमिता आर एल राणालाई खै फिल्ममा किन मरेको दृश्य गर्न मन लाग्छ ।

फिल्म रोजमा त उनको पहिलो दृश्यमै हत्या भएको देखाइएको छ । आफ्नै प्रेमीले हत्या गरेको देखाएर फिल्मको सुरुवात हुन्छ । रोजको कथा नै उनको हत्या किन भयो भन्नेमा घुमेको छ । फिल्मको पर्दामा कोही कलाकार बारम्बार मरेको दृश्य गर्दा लक्की हुन्छन् । परमिताले पनि २ फिल्ममै मरेको भूमिका गरेकी छिन् ।

उनी दुबै फिल्मबाट औषत सफल छिन् । चंगाचेटमा उनको भूमिका के हो भन्ने त खुलेको छैन । तर, कम फिल्म गरेकी परमिताको यस्तो भूमिकाको मोह किन होला ?