सौगातलाई बोल्न भनेपछि किन आउँछ ज्वरो ?

अभिनेता सौगात मल्ल राम्रो एक्टिङ गर्छन् । उनले गरेको एक्टिङका प्रशंसक पनि धेरै छन् । तर, उनमा एउटा समस्या छ । त्यो हो, बोल्ने ।

सौगात बोल्न भनेपछि पहिले नै ४ कोश पर हुन्छन् । जय भोले सिनेमाको ट्रेलर रिलिजमा पुगेका सौगातले बोलेको देखेर पत्रकार र फिल्मीकर्मी हाँसे । उनले खै के भन्ने, रमाइलो भयो भने । यसपछि, आफूले बोलेपछि फेरि सबै कथा नै खोलिदिने भन्दै माइक अर्का बक्तालाई दिए ।

सौगातले फिल्मको बारेमा केही पनि बोलेनन् । जय भोलेको कार्यक्रममा मात्र होइन, सौगातको यस्तो पारा अरु थुप्रै कार्यक्रममा पनि देखिएको छ । सौगात मल्ल कार्यक्रममा पुग्दा नयाँ कुरा केही पाइन्छ भन्ने पत्रकारले नसोच्दा पनि हुन्छ ।

एउटा कलाकारले सधै नै संचारमाध्यममा रहिरहनका लागि बोल्न पनि जान्नुपर्दछ । तर, सौगातलाई त बोल्न भनेपछि ज्वरो नै आउँछ ।