प्रदीपको ‘लभ स्टेसन’, हिरोइन पुरानै

फिल्म ‘लभ स्टेशन’मा ‘लिलीबिली’ जोडी प्रदीप खड्का र जसिता गुरुङ देखिने भएका छन् । नायक प्रदिप खड्का र निर्माता तथा बितरक गोबिन्द शाहीको संयुक्त लगानी तथा उज्जवल घिमिरेको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘लभ स्टेशन’मा प्रदीप र जसितासँगै निरुता सिंह, सरोज खनाल, श्रद्धा क्षेत्री, प्रकाश शाह लगायतको अभिनय रहनेछ ।

फिल्ममा आलोक सुक्लाको छायांकन, दिपक शर्मा, शम्भुजित बास्कोटा, अलिश कार्की र राजनराज सिवाकोटीको संगीत रहनेछ । फेमिली ड्रामा समेटिने फिल्मको छायांकन सिक्किम र दार्जलिंङमा हुनेछ । ‘लभ स्टेसन’ ठाउँँको नाम हो ।