अन्तर्राष्ट्रिय मेकअप आर्टिस्ट अरुणा खड्काले नेपालमा सौन्दर्यकला तालिम दिँदै

इन्टरनेशनल मेकअप आर्टिस्ट तथा स्टाइलिस्ट अरुणा खड्काले काठमाडौंमा एक साताको मेकअप आर्टिस्ट तालिम दिने भएकी छन् । विगत ६ वर्षदेखि अमेरिकामा हलिउड कलाकार तथा मोडलहरुसँग काम गरिरहेकी खड्काले नेपालमा एक साताको अन्तर्राष्ट्रिय मेकअप आर्टिस्ट तालिम दिन लागेकी हुन् ।

नयाँ बानेश्वर शंखमुलस्थित सिल्भर लाइनिङ ब्युटी पार्लरमा उनले एक साताको तालिम दिने आयोजकले बताएको छ । अमेरिकाको सर्टिफाइड कस्मोलोजिस्ट खड्कासँग तालिम लिनेहरुले पार्लरमा वा 9841458403 / 9840255245 सम्पर्क गर्न सक्ने सिल्मर लाइनिङकी प्रबन्ध निर्देशक शोभा कार्कीले बताइन् ।

खड्काले अमेरिकाको इम्मी अवार्ड बिजेता हलिवुड मेकअप आर्टिस्टबाट अन्तर्राष्ट्रिय तालिम लिएकी हुन् । उनले अमेरिकाका बिभिन्न मोडलिङ एजेन्सीहरुमा पनि काम गरेकी छन् । यो तालिम फिल्म उद्योगका कलाकारको लागि पनि आवश्यक हुने आयोजकको दावी छ । तालिम सेप्टेम्बर २३ देखि २९ सम्म हुने कार्कीले बताइन् ।

आफैं मेकअप गर्न चाहने कलाकारहरुले यो तालिम लिन आवश्यक हुने खड्काले बताइन् । नेपाल आएको बेला आफूलाई सामाजिक सन्जालबाट कतिपयले तालिमको लागि आग्रह गरेकाले समय मिलाएर एक साताको तालिम सन्चालन गर्न लागिएको उनको भनाइ छ ।