विशेष शोमा रुचाइयो ‘रामकहानी’

गत शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म रामकहानी यूनिटले आइतवार विशेष शोको आयोजना गरेको छ । नेपाली फिल्म क्षेत्रका विभिन्न व्यक्तित्वहरुसँगै फिल्मी पत्रकारहरुको उपस्थितीमा बिशेष शोको आयोजना गरिएको हो । विशेष शोमा उपस्थितहरुले फिल्म निकै मन परेको प्रतिकृया दिएका थिए ।

लभ स्टोरी फिल्मका लागी निकै रुचाइएका निर्देशक सुदर्शन थापा निर्देशित उक्त फिल्ममा आकाश श्रेष्ठ र पुजा शर्माको मुख्य भुमिका रहेको छ । फिल्ममा आकाश र पुजा सँगै हाँस्य कलाकारहरु केदार घिमिरे (माग्ने बुढा), जितु नेपाल, राजाराम पौडेल, रबिन्द्र झा लगायतको अभिनय रहेको छ ।

सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा कबिराज गहतराजको कोरियोग्राफी, अर्जुन पोखरेलको शब्द संगीत, महेश दवाडी र दिनेश न्यौपानेको पटकथा सम्बाद, बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, सौरव लामाको छायाङ्कन रहेको छ । नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापाले संयुक्त रुपमा रामकहानी निर्माण गरेका हुन् ।