‘फिल्मको कथा भन्दा मेकिङमा बढि मेहनत छ’ रेनशा राई

- मेराेफिल्म

असोज ५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ टिमले मोफसल टुरका क्रममा इटहरीमा कार्यक्रम गरेको छ । निर्माण टिम झापाको बिर्तामोड, दमक बिराटनगर र धरानमा कार्यक्रम गर्दै इटहरी आइपेगेको हो  । शुक्रबार ‘इन्टु मिन्टु लण्डनमा’ टिमले इटहरीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको थियो ।

सार्वजनिक गीत संगीत र ट्रेलरबाट अत्याधिक चर्चामा रहेको सिनेमालाई मोफसलका दर्शकबाट पाएको प्रतिक्रियाले आफुलाई फिल्म सफल हुनेमा विश्वास बढेको निर्देशक रेनशा वान्तवा राई बताइन् । फिल्मको कथा भन्दा पनि मेकिङमा बढि मेहनत गरेको उनको भनाई छ ।

फिल्मकी मुख्य पात्र ‘इन्टु’ साम्राज्ञी आर एल शाहले आफु पहिलो पटक पुर्वी नेपालको टुरमा आएको बताइन । आफुलाई फिल्मको कथा मन परेकाले काम गरेको भन्दै फिल्मको प्रचार सामाग्री गीत संगीत र ट्रेलरबाट पाएको प्रतिक्रियाले अझ उत्साहित भएको उनको भनाइ छ ।

यहि फिल्मबाट डेव्यु गरेका नायक धिरज मगरले पनि पुर्वी नेपाल पहिलो पटक आएको बताए । आफु पोखरा, काठमाडौं धेरै पटक घुमेको भएपनि पहिलो पटक ‘इन्टु मिन्टु लण्डनमा’ निर्माण टिमले नेपाल टुर गराएकोमा निर्देशक र टिमलाई धन्यबाद दिए । धिरजले भने आफुले ‘इन्टु मिन्टु लण्डनमा’ बाट यती धेरै चर्चा पाउनेमा आजसम्म नसोचेको भन्दै यो चर्चा र सफलताले आगामी दिनमा आफुले अझ धेरै मेहनत गर्नु पर्ने चुनौती थपिएको सुनाए ।

सफल कोरियोग्राफरको रुपमा चिनिएकी रेनेशा वान्तवा राईले निर्देशनमा डेव्यु गरेकी छन् । आइकोर फिल्मको ब्यानरमा निर्माण भएको फिल्मलाई प्रभु शमसेर जबरा र प्रज्वल शकसेर जबराले मिलेर निर्माण गरेका हुन् । फिल्ममा साम्रज्ञी राज्यलक्ष्मी शाह, धिरज मगर, शारुक ताम्राकार, विजय लामा, अर्जुन श्रेष्ठ, दिल भुषण पाठक, रुबी राणा लगायत कलाकारको मुख्य भुमिका रहेको छ ।

२०७५ भदौ २६ गते १२:०३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *