आकाश र मरिश्काको ‘त्यो सपना’

सन्जिब पराजुलीको आवाजमा प्रेमिल गीत  ‘ त्यो सपना ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा होमनाथ न्यौपानेको शब्द रचनामा दिपक भट्टराईले संगीत भरेका छन् । गायक संजिव पराजुलीको त्यो सपना नामक एल्बममा समाबेश यस गीतलाई एरेन्ज भने संजिव बराइलीले गरेका हुन् ।

उत्सब दाहालले खिचेको यस गीतको भिडियोलाई नायिका मरिस्का पोखरेलले निर्देशन गरि तयार परेकी हुन् । भिडियोमा नायिका मरिस्का र नायक आकाश श्रेष्ठ फिचर्ड छन् । भिडियो सम्पादन निशान घिमिरेले गरेका छन् ।