२७ बर्षिय अमेरिकन र्यापर म्याक मिलरको निधन

२७ बर्षिय अमेरिकन र्यापर म्याक मिलरको निधन भएको छ । न्यूज वेबसाइट टिएमजेडका अनुसार म्याकको निधन ड्रग्स ओवरडोजका कारण भएको हो । कालिफोर्नियामा आफ्नै निवासमा उनलाई मृत अवस्थामा भेटिएको थियो । मिलरले १५ बर्षको कलिलो उमेरमा नै आफ्नो पहिलो र्याप गाएका थिए भने उनले २०११ मा एल्बम ब्लू स्लाइड पार्क सार्वजनिक गरेका थिए । उक्त एल्बमले उनलाई प्रसिद्ध बनायो।

म्याकको पप स्टार एरियाना ग्रान्डेसँग ब्रेकअप भएको थियो । यसबाट उनी निकै दुखि भएका थिए । एरियानासँगको ब्रेकअप पस्चात म्याक झन ज्यादा नशामा रहन थालेका थिए । म्याकको पाँचौ एल्बम अगस्ट २०१८ मा सार्वजनिक भएको थियो । म्याकको निधनमा विज खलीफा र जोन मेयरले दुख ब्यक्त गरेका छन् । मेयरले इंस्टाग्राममा म्याकको फोटो शेयर गर्दै दुख ब्यक्त गरेका छन् भने विज, जी ईजी र डीजे खालिदाले पनि यसमा समर्थन गर्दै उक्त फोटोलाई शेयर गरेका छन् ।