कतै दीपिकाले माल पाएर चाल पाइनन् क्या

कैयौ कलाकार  ठूला र हिट हुने पक्का भएका ब्यानरका फिल्म खेल्न पाए हुन्थ्यो भनेर सपना देख्छन् । सपना देखेर ती फिल्म खेल्नका लागि तिक्डम पनि अपनाउँछन् ।

छक्का  पन्जा जस्तो हिट फिल्म खेल्न पाए हुन्थ्यो भन्ने चाहना कति हिरोइनलाई होला । प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का जस्ता अभिनेत्री जस्तो भूमिका भएपनि यो ब्रान्डसँग झुन्डन छाडेका छैनन् ।

तर, अभिनेत्री दीपिका प्रसाइले छक्का पन्जा ३ खेलेता पनि उनले आफूलाई त्यो अनुसार प्रस्तुत गर्न नसकेको हल्लाखल्ली बजारमा सुनिन थालेको छ । दीपिकाले काम गरेको यो फिल्मको विभिन्न कार्यक्रममा पनि उनी उपस्थित भएकी थिइनन् । यो फिल्मको पछि कालै पल्कन्छ गीतको भिडियो आयो । जसमा दीपिकाको अभिनय सबैभन्दा कमजोर रहेको टिप्पणी भैरहेको छ ।

दीपिका केमा व्यस्त छिन् कसैलाई थाहा छैन । तर, उनी आफूले नचाहेर हिरोइन बनेको बेला बेलामा बताउँछिन् । कतै,  दीपिकाले जागर चलाएर आफ्नो फिल्मी करिअरलाई अघि बढाउन नचाहेको पो हो कि ?

कि राम्रो फिल्म पाएर पनि आफूलाई चर्चामा  कसरी ल्याउने भन्ने दीपिकाले नवुझेकी हुन् ?