सुर्य इन्टरनेसनल अवार्डमा दुई कलाकार र दुई पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरिने

जापानको टोकियोमा आगामी आईतबार सम्पन्न हुन गईरहेको सुर्य इन्टरनेसनल अवार्ड–२०१८ मा चार जना कलाकार तथा पत्रकारलाई सम्मानित तथा पुरस्कृत गरिने भएको छ । अवार्ड समारोहमा अभिनेत्री बसुन्धरा भुषाल, नायक भुवन केसी, पत्रकार सामिप्यराज तिमल्सेना र फोटो पत्रकार श्रीधर पौडेललाई आ-आफ्नो क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मानित तथा पुरस्कृत गर्न लागिएको हो ।

तीन दशक भन्दा पनि बढि समय फिल्म क्षेत्रमा निरन्तर कृयाशिल रहनुभएकी बरिष्ठ चलचित्रकर्मी तथा नेपालको पहिलो हाँस्य अभिनेत्री बसुन्धरा भुषाललाई सुर्य लाईफटाईम एचिभमेन्ट अवार्ड–२०१८,

तीन दशक देखी लगातार फिल्म क्षेत्रमा कृयाशिल रहँदै फिल्म क्षेत्रलाई योगदान पुर्याउनु भएका सदावहार नायक भुवन केसीलाई सुर्य कलाकारिता सम्मान–२०१८,

यस्तै डेढ दशकदेखी निरन्तर चलचित्र पत्रकारितामा कलम चलाउँदै समग्र चलचित्र क्षेत्रको परिवर्तन र विकासमा रहनुभएका पत्रकार सामिप्य राज तिमल्सेनालाई सुर्य चलचित्र पत्रकारिता पुरस्कार–२०१८,

एक दशक भन्दा लामो समय देखी क्यामराको माध्यमबाट नेपाली फिल्मी क्षेत्रको वास्तविकतालाई प्रस्तुत गर्दै आईरहनुभएका फोटो पत्रकार तथा मेरो फिल्म डट कमका प्रधान सम्पादक श्रीधर पौडेललाई सुर्य फोटो पत्रकारिता पुरस्कार–२०१८ बाट पुरस्कृत गर्न लागिएको आयोजक संस्था सुर्य कर्पोरेसनका अध्यक्ष बासुदेव लामिछानेले बताएका छन् ।

सम्मान र पुरस्कार वितरण कार्यक्रम जापानको टोकियोमा अवस्थित नाकानो जेरो हलमा आगामी आईतावार अवार्ड समारोहका बिच प्रदान गरिनेछ । उक्त अवार्ड समारोहमा फिल्मको ६ विधा र गायनका ६ विधा गरि १२ विधामा अवार्ड प्रदान गरिनेछ । पर्यटन प्रवद्र्धन, कला संस्कृतिको संरक्षण र जापानमा निरन्तर नेपाली फिल्म प्रदर्शनलाई प्रभावकारी बनाउन सुर्य ईन्टरनेशनल अवार्ड आयोजना गर्न लागिएको आयोजकले बताएका छन् । उक्त अवार्ड समारोहमा चार दर्जन बढी कलाकारको उपस्थिति रहने छ ।

को को जादै छन् :

अवार्डको मनोनयन नामावली यस्तो छ :

फिल्म तर्फ:

संगीत तर्फ :