‘अक्षयले अभिनयको तारिफ गरेनन्’

बलिउडका धेरै अभिनेत्रीहरु विवाहपछि फिल्ममा सक्रिय छैनन्  त्यसमध्ये एक हुन ट्वीकंल खन्ना । उनी सदाबहार चर्चित अभिनेता अक्षय कुमारका साथ विवाह बन्धनमा बाधिए पछी फिल्मी जगत बाटै टाढा भइन् । हालै एक कार्यक्रममा ट्विंकलले श्रीमानका कारण विवाह पछि फिल्म खेल्न नपाएको गुनासो गरिन् । अक्षय कुमारले कहिले पनि उनको अभिनयको तारिफ नगरेको उनले बताईन् ।

त्यसो त विवाहअघि पनि ट्विंकलको करियर खासै सफल थिएन । उनले अभिनय गरेका अधिकांस फिल्म फ्लप छन् । ट्विंकलले भनिन् “अहिले सोच्छु कि म साँच्चै राम्रो अभिनय गर्दिन, सायद अक्षयले ठिकै भनेका थिए ।” अभिनयमा सक्रिय नभएपनि हाल उनी लेखनमा सक्रिय छिन् ।