‘अस्ट्रेलियामा ताजा फिल्म’ सह निर्माता अधिकारी

नेपालमा असोज ५ गते रिलिज हुने फिल्म ‘बाँध मायाले’ अष्ट्रेलियाको सिड्नीमा प्रदर्शन भएको छ । तीन शो प्रदर्शन भैसकेको यस फिल्मका थप शो अन्य शहरहरूमा पनि हुनेछ । सिड्नीवासी दर्शकहरूले नायिका सृष्टि श्रेष्ठको कामको खुलेर तारिफ गरेका छन् । तेस्रो फिल्मसम्म आइपुग्दा नायक आर्यन अधिकारीले पनि वाह गर्न लायकको काम गरेका छन् ।
‘हामीले अष्ट्रेलियामा रहनु भएका नेपाली फिल्म प्रेमी नेपालीलाई पुरानो या बासी नभई ताजा र नयाँ फिल्म पस्कने उद्देश्यले नै नेपालभन्दा अगाडि यहाँ प्रदर्शन गरेका हौँ’, फिल्मका सह निर्माता महेन्द्र अधिकारीले भने ।
रामहरी धिताल र विभेषिका श्रेष्ठको समेत निर्माण रहेको फिल्म ‘बाँध मायाले’ मा महेन्द्र अधिकारी र केदार धितालको सह-निर्माण रहेको छ । काईट्स ईन्टरटेनमेन्टको प्रस्तुती रहेको बाँध मायालेमा नायक आर्यन अधिकारी र नायिका सृष्टि श्रेष्ठले पहिलो पटक स्क्रिन सेयर गरेका छन् । आर्यन र सृष्टिसँगै फिल्ममा राजाराम पौडेल, विशाल चाम्लिङ र रविन होड सेनको अभिनय छ । किशोर खड्काले बाँध मायाले मार्फत नायकको रुपमा डेव्यु गर्दैछन् । फिल्ममा अर्जुन पोखरेलको संगीत, बाबु श्रेष्ठको छायाँकन, रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । लभ स्टोरी फिल्मलाई सविर श्रेष्ठले लेखन, निर्माण तथा निर्देशन गरेका हुन ।
बाँध मायालेको हालसम्म अष्ट्रेलिया र अमेरिकामा शो सम्पन्न भैसकेका छन् । यससँगै युके, जापान, कतार, दुबई, बहराइन, हंगकंग लगायत देशमा फिल्मको माग भैरहेको निर्माता समेत रहेको सविर श्रेष्ठ बताउँछन् ।

विदेशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को उच्च माग, खुल्न थाल्यो बुकिङ

एउटै कलाकार ३ वटा बैंकको प्रमोशनमा, ग्राहक झुक्किने कुरामा खै त सचेत ?

‘परदेशी २’को झ्याउरे गीत ‘परदेशी छुकछुके रेलैमा’ रिलिज

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया