मेलिनाको ‘जुनी जुनी’ मा सारिका

गायिका मेलिना राई र सुरेश लामाको स्वर रहेको ‘जुनी जुनी’ बोलको गीत सार्वजनिक भएको छ । ज्ञानेन्द्र गिरीको शब्द तथा सङ्गीत रहेको गीतमा गणेश चौधरीको सङ्गीत संयोजन रहेको छ ।  भिडियोमा सारिका घिमिरे र मनिष प्रितमको अभिनय रहेको छ । वासु न्यौपानेको छायाँकन रहेको भिडियोलाई नवराज उप्रेतिले ड्रोन र विकाश ज्ञवालीले सम्पादन गरेका हुन् । राहुल बराइलीले भिडियो निर्देशन गरेका छन् ।