बर्षाको सिउँदोमा सिन्दुर कसरी ?

अभिनेत्री बर्षा राउत र अभिनेता संजोग कोइरालाको प्रेम सम्बन्धको बारेमा जानकार को नहोला र ? आधा दशक भन्दा बढी समयदेखि यि दुई प्रेममा छन् । हिरो हिरोइनको प्रेम टुट्ने रोग बढेको समयमा बर्षा र संजोगको प्रेम एउटा उदाहरण हो ।

तर, बर्षा र संजोगले बिहे कहिले गर्लान् भन्ने प्रतिक्षा उनीहरुको फ्यानलाई छ । हिजो तिजको दिनमा अभिनेत्री बर्षा राउतले संजोगका लागि ब्रत बसिन् ।

ब्रत बसेकी बर्षाले हातमा चुरा लगाइन् । यो सम्म त सरप्राइज हुने कुरा भएन । तर, बर्षाले सिउँदोमा सिन्दुर पनि लगाएकी छिन् । उनका लागि भनेर लेख्दै उनले आफ्नो र संजोगको तस्बिर  पोष्ट गरेकी छिन् । बर्षाको सिउँदोमा सिन्दुर कसरी ? कि बर्षा र संजोगले बिहे नगरेपनि आफूहरुलाई श्रीमान् श्रीमति नै ठानिसकेका हुन् ?