भूमिका जस्तो होस्, परमितालाई विकिनी चाहियो

फिल्म चपली हाइट – २ मा अभिनेत्री परमिता आर एल राणाले आफ्ना पूर्व प्रेमी आयुष्मान देशराज जोशीसँग एउटा गीतमा विकिनी लगाएर काम गरिन् । उनको यो अवतार सेक्सी थियो । परमिताले गीतमा निर्धक्क विकिनी लगाइन् र स्विमिङ पूलमा रमाइन् ।

परमिताका लागि विकिनी फिल्मको क्यामेरामा नयाँ कुरा त होइन । तर, हतार हतार गरेर खिचिएको फिल्म रोजको गीतमा पनि परमिताले विकिनी लगाउन छाडिनन् । एक सिनमा मात्र भएपनि उनलाई कोरियोग्राफरले विकिनी लगाइदिए ।

यो गीतमा परमितालाई स्विमिङ पूलमा विकिनी लगाएर सेक्सी नदेखाइएको भए पनि केही हुन्थेन । तर, उनले यसमा पनि विकिनी लगाएर सेक्सी गेटअप देखाएकी छन् ।

परमिताका लागि फिल्ममा विकिनी लगाउनै पर्ने रहेछ कि निर्माताको डिमाण्ड रहेछ ?