मुनामदन बने सारिका र सुमन (भिडियो)

गौतम शेर्पा र ऋष्मा तामाङको लोकदोहोरी ‘मुना मदन’ को भिडियो सार्वजनिक भएको छ । बद्रि पाठक र विरेन्द्र ढकालको शब्द तथा मौलिक लय सिर्जनामा गीत तयार गरिएको हो । मुकेश हुमाँगाईले छाँयाकन गरेको भिडियोलाई अविनास डिसीले सम्पादन गरेका हुन् । गीतको भाव अनुसारको भिडियोलाई बविता श्रेष्ठले निर्देशन गरेकी छन ।  गीतको भिडियोमा मोडल सुमन खतिवडा र सारिका केसीको अभिनय रहेको छ ।