पाण्डेको ‘यार’लाई पद्माश्री साहित्य पुरस्कार

यस वर्षको ‘पद्माश्री साहित्य पुरस्कार’ नयनराज पाण्डेको संस्मरणात्मक कृति ‘यार’लाई प्रदान गरिएको छ । त्यस्तै ‘पद्माश्री साधना सम्मान’ तारानाथ शर्मा प्रदान गरिएको हो । सोमबार खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले यारलाई पद्माश्री पुरस्कार र शर्मालाई सम्मान गरेको छ ।

नजिकका मित्रसँग जोडिएका स–साना घटनामा केन्द्रीत रहेर ‘यार’ संस्मरण लेखिएको छ । यसमा पाण्डेले लेखक राजेन्द्र पराजुली,  नारायण ढकाल, पुरुषोत्तम सुवेदी लगायतको सम्झनालाई समेटेका छन् । पद्माश्री सम्मान पाउने शर्मा विगत ६ दशकदेखि नेपाली साहित्यको निजयात्रा, निबन्ध, समालोचना, आख्यान अनुवाद, सम्पादन र झर्रावादी भाषिक आन्दोलनका अभियन्ता हुन् । दुवै पुरस्कारको राशि दुई लाख रहेको छ ।