अनमोलकी आमाले गरिन् अस्ट्रेलियन धनाड्यसँग इन्गेजमेन्ट

अनमोल केसीकी आमाले इन्गेजमेन्ट गरेकी छन् । अभिनेता भुवन केसीकी पुर्व पत्नी तथा अभिनेत्री सुस्मिता केसीले अस्ट्रेलियन नागरिक किलन स्वामीसँग लगन गाठो कस्ने निर्णय गरेकी हुन् । सामाजिक संजाल इन्स्टाग्राममा ओठमा चुम्बन गरेको फोटो पोष्ट गर्दै उनले यी व्यक्ति आफ्नो श्रीमान भएको लेखेकी छन् । उनले लेखेकी छन्, ‘विस लिस्ट’ भन्ने शब्द अब मेरो डिक्सनरीमा रहेन । किनकी तिमीजस्तो गज्जबको श्रीमान दिएर जीवनले मेरो सबै इच्छा पूरा गरिदिएको छ ।’ केहि समयपछि उनले उक्त पोष्ट हटाएकी छन् ।

सेप्टेम्बर ९ मा स्वामिसँग इन्गेजमेन्ट गरेकी उनले सन् २०१९को भ्यालेन्टाइन डेमा फिजीमा नै विवाह गर्नेछिन् । फिजीमा जन्मिएका अस्ट्रेलियन नागरिक स्वामी दक्षिण भारतीय मुलका व्यक्ति हुन् । भुवन केसीसँगको सम्वन्ध २००१ मा तोडिएपछि एकल जीवन बिताइरहेकी सुष्मिताले सम्बन्ध बिच्छेदको १७ बर्ष पछाडी पुनः बिवाह गर्न लागेकी हुन् । उनका हुने वाला पति अस्ट्रेलियाका धनाढ्य ग्यास व्यापारी हुन् ।