विदेशको अवार्डमा नजाने, नेपालमा नछाड्ने अनमोल

के अन्य कलाकार भन्दा अभिनेता अनमोल केसी फरक हुन् ? होइनन् भने अवार्डको कार्यक्रममा पुग्ने उनको तरिका हेर्दा पनि हुन्छ ।

यो बर्ष ३ वटा अवार्ड भैसकेका छन् । २ वटा अवार्ड १–२ दिनमै हुदैछन् । ३ वटा अवार्डमध्ये एउटा विदेशमा भयो भने २ वटा नेपालमा भयो । अब हुन लागेका २ अवार्डमध्ये एउटा नेपालमा अर्को विदेशमा हुँदैछ ।

जापानमा हुन लागेको अवार्डका लागि कलाकारको जम्बो टोली उडेको छ । तर, जापानमा हुन लागेको अवार्डमा पनि अभिनेता अनमोल केसी गएनन् । अनमोल केसीलाई अवार्डमा लैजाने प्रयास भएता पनि उनी गएनन् । किन गएनन् उनलाई नै थाहा  होला । अनमोल अवार्डका लागि विदेश नगएको यो पहिलो पटक होइन । अमेरिकामा आयोजना भएको नेम्फा पपुलर फिल्म अवार्डका लागि पनि  उनी  गएनन् । बरु, उनले पाएको अवार्ड अभिनेता भूवन केसीले ल्याइदिएका थिए ।

अनमोल विदेशमा यो बर्ष आयोजना भएका २  वटा अवार्डमा गएनन् । तर, नेपालमा आयोजना भएका २ अवार्डमा उनी पुगे । एनएफडीसी अवार्डमा पानीमा रुझ्दै पुगे । डीसीने अवार्डमा उनी पुरा अवधी  बसे र अवार्ड लिए ।

नेपालमा हुने अवार्डमा पुग्ने तर विदेशमा नजाने अनमोलको यो तरिका कस्तो हो ?