नव नायक किशोरसँग नायिका श्रृष्टीको रोमान्स

असोज ५ गतेबाट रिलिज हुन लागेको फिल्म ‘बाँध मायाले’ को तेश्रो गीत सार्वजनिक भएको छ । ‘सँगसँगै’ बोलको गीतमा सुगम पोखरेल र अन्जु पन्तको स्वर, अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ । भिडियोमा नायिका श्रृष्टी श्रेष्ठसँगै नव-कलाकार किशोर खड्का देखिएका छन् ।

रामहरी धिताल र बिभिषिका श्रेष्ठ निर्माता तथा महेन्द्र अधिकारी र केदार धिताल सह-निर्माता रहेको ‘बाँध मायाले’ काइट्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो । फिल्ममा सृष्टि र नव नायक किशोर खड्का सँगै आर्यन तथा , राजाराम पौडल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिंग लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्म सबिर श्रेष्ठको निर्देशनमा तयार भएको हो ।