नेपाल आए गोविन्दा, भन्छन् नेपाली फिल्म खेल्छु (फोटो/भिडियो सहित)

भारतीय चर्चित अभिनेता गोविन्दा नेपाल आएका छन् । आइतवार काठमाडौँमा सम्पन्न हुने एल जी सिने सर्कल अवार्डमा सहभागिता जनाउन उनी नेपाल आएका हुन् । उनीसँगै छोरी टिना पनि नेपाल आएकी छिन् । बिहान साँडे दश बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरण गरेका गोविन्दाले अवार्ड समारोहमा सहभागिता जनाउनुका साथै भगवान पशुपति नाथको दर्शन गर्ने कार्यक्रम तय भएको छ ।

उनले चन्द्रागिरी हिल्सको समेत अवलोकन गर्नेछन् । विमान स्थल परिसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गोविन्दाले आफु पहिले पनि नेपाल आएको तर औपचारिक रुपमा नेपाली फिल्म क्षेत्रको कुनै कार्यक्रममा सहभागि हुने लागेको भने यो पहिलो अवसर रहेको बताए । उनले नेपाल प्रेम र साहसको देश हो भन्दै सम्पूर्ण नेपाली प्रति सद्धभाव प्रकट गरे ।  पत्रकारले नेपाली बोल्न आउँछ, नेपालीमा केही भनिदिनुस् न भन्दा उनले भने बोल्न अली अली आउँछ तर बुझ्न चाहीँ सबै बुझ्छु । कुनै दिन नेपाली फिल्म खेल्छु अनी तपाईंले थाहा पाउनुहुन्छ ।