‘ए मेरो हजुर ३’मा अर्पण, सलोनसँगै रबिन्द्र झा अनुबन्धित

- मेराेफिल्म

नायक अनमोल के.सी र डेब्यु नायिका सुहाना थापाको मुख्य अभिनय रहने फिल्म ‘ए मेरो हजुर ३’मा अर्पण थापा अनुबन्धित भएका छन् । शनिवार निर्माण टिम र अर्पणका बिच सम्झौता भएको हो । फिल्ममा अर्पणसँगै सलोन बस्नेत र रबिन्द्र झा समेत फाइनल भएका छन् । सलोनले यही ब्यानरबाट निर्माण भएको अघिल्लो फिल्म ‘ए मेरो हजुर २’ मा पनि अभिनय गरेका थिए ।

लभ स्टोरी जनरामा बन्ने फिल्मलाई सुनिल कुमार थापाले निर्माण गर्न लागेका हुन् भने निर्देशन नायिका/निर्देशक झरना थापाको रहनेछ । डेब्यु नायिका सुहाना सुनिल र झरानाकी छोरी हुन् । फिल्म असोज पहिलो साताबाट फ्लोरमा जाँदै छ भने प्रदर्शन चैत्र २९ गते हुने तय गरिएको छ ।

२०७५ भदौ ३० गते १३:२६ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *