माया बाँढ्न कलेज कलेजमा पुगे आर्यन र सृष्टि

पछिल्लो समय फिल्म प्रोमोसनको नयाँ नयाँ शैली देखिन थालेको छ । जसमध्य स्कुल, कलेज क्याम्पियन प्रभावकारी साबित हुँदै आएको छ । त्यसै क्रममा असोज ५ गते देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘बाँध मायाले’ टिमले कलेज क्याम्पियन सुरु गरेको छ । राजधानीका विभिन्न कलेजमा कलाकार पुगेर फिल्मको प्रचार प्रसारलाई तिव्र पारिएको निर्माता तथा निर्देशक सविर श्रेष्ठले बताए ।

आइतबार बिहान हामी राजधानीका दुई वटा कलेजमा पुग्यौं, सविरले भने, सोमबारसम्म दर्जन बढी कलेजमा पुग्ने लक्ष्य छ । नायक आर्यन अधिकारी, नायिका सृष्टि, निर्देशक सविर श्रेष्ठ, नव नायक किशोर खड्का र फिल्मका कार्यकारी निर्माता केदार धितालको टोली कुमारी पाटीको मोलिस र मेघा कलेज पुगेको थियो ।

ती कलेजका विद्याथीहरु माझ आर्यन र सृष्टिले फिल्मको बारे जानकारी गराएका थिए । फिल्मलाई लिएर उनीहरु उत्साहित रहेको निर्देशक श्रेष्ठले बताए ।  लभ स्टोरी फिल्म बाँध मायालेमा आर्यन र सृष्टि मुख्य भूमिकामा प्रस्तुत भएका छन् । फिल्म असोज ५ गतेबाट प्रदर्शनमा आउँदैछ । दर्शकलाई मन पर्ने फिल्म बनाएको सविरको भनाई छ ।