‘एलजी सिने सर्कल अवार्ड २०७५’- प्रदीप र प्रियंका पपुलर, नीता र नाजिर उत्कृष्ट, पुष्पलाई क्रिटिक्स अवार्ड

‘एलजी सिने सर्कल अवार्ड २०७५’ आइतबार काठमाडौंमा सम्पन्न भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनःको प्रमुख उपस्थिती तथा बलिउड अभिनेता गोविन्दाको विशेष उपस्थितीमा सम्पन्न अवार्ड समारोहमा ५१ हजार नगद राशी सहित लाईफटाइम एचिभमेन्ट अवार्डबाट बरिष्ट कलाकार किशोर रानालाई सम्मान गरियो ।

समारोहमा २०७४ को उत्कृष्ट अभिनेताको अवार्ड नाजिर हुसेनले फिल्म ‘तिमीसँग’ बाट प्राप्त गरे भने ‘पञ्चायत’ अभिनेत्री नीता ढुङ्गानाले उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्न सफल भइन् । यस्तै उत्कृष्ट फिल्मको अवार्ड ‘तिमीसँग’ले प्राप्त गर्यो । उत्कृष्ट निर्देशकको अवार्ड भने फिल्म भुइँमान्छेबाट नवराज बुढाथोकीले प्राप्त गरे ।

यस्तै क्रिटिक्स अवार्ड फिल्म ‘मंगलम’बाट पुष्प खड्काले पाएका छन् भने पपुलर अवार्ड  ‘लिलिबिली’बाट अभिनेता  प्रदिप खड्का र ‘छक्का पञ्जा २’बाट अभिनेत्री प्रियंका कार्कीले प्राप्त गरिन् । उत्कृष्ट संगीत निर्देशकको अवार्ड अर्जुन पोखरेलले ‘म यस्तो गीत गाउँछु’बाट प्राप्त गरे ।

अवार्ड बिजेताहरुको नामावली यसप्रकार छः

पोस्टर अफ दि इयर: शत्रुगते, सान थापा, विजय वश्याल
ट्रेलर अफ दि इयर: सुरेन्द्र पौडेल, कृ
स्टण्ट अफ दि इयर: पिँजडा ब्याक अगेन, सिम्पसन तामाङ
पपुलर गीत अफ दि इयर: कुटुमा कुटु, ‘दुई रुपैयाँ’
भिएफएक्स अफ दि इयर: माओत्सु मुकामी, माइलभ
कम्मेन्डेवल फिल्म अफ दि इयर: पन्चायत
पपुलर एक्टर अफ दि इयर: प्रदिप खड्का
पपुलर एक्ट्रेस अफ दि इयर: प्रियंका कार्की
व्याकग्राउण्ड स्कोर अफ दि इयर: एलिश कार्की
एडिटर अफ दि इयर: मित्र डि गुरुङ, शत्रुगते
स्क्रिनप्ले अफ दि इयर: तिमीसँग
सिनेमाटोग्राफर अफ दि इयर: भुइँमान्छे, बिदुर पाण्डे
एक्सन डिरेक्टर अफ दि इयर: चन्द्र पन्त, कृ
कोरियोग्राफर अफ दि इयर: कविराज गहतराज, कुटुमा कुटु
प्लेब्याक सिङगर अफ दि इयर ‘मेल’: सुगम पोखरेल, भन्छु आज
प्लेब्याक सिङगर अफ दि इयर ‘फिमेल’: मेलिना राई, कुटुमा कुटु
अन स्क्रिन कपल अफ दि इयर: रमेश उप्रेती र दीपिका प्रसाईं
म्युजिक डिरेक्टर अफ दि इयर: अर्जुन पोखरेल, भन्छु आज
एक्ट्रेस अफ दि इयर: नीता ढुङ्गाना, पञ्चायत
एक्टर अफ दि इयर: नाजिर हुसेन, तिमीसँग
डिरेक्टर अफ दि इयर: नवराज बुढाथोकी, भुइँमान्छे
फिल्म अफ दि इयर: तिमीसँग
क्रीटिक्स अवार्ड: पुष्पल खड्का
लाइफटाइम एचिभमेन्ट अवार्डः किशोर राना