करिश्माले उपराष्ट्रपतिलाई विर्सिइन्, सुनिललाई भन्नै आएन

नयाँ शक्ती पार्टीकी नेत्री समेत रहेकी अभिनेत्री करिश्मा मानन्धर राष्ट्रिय सभा गृहमा आयोजना भएको एलजी सिनेमा सर्कल अवार्डमा पुगिन् । उनले एक विधाको विजेता घोषणा गर्नुपर्ने थियो । तर, घोषणा गर्नुपूर्व उनले कार्यक्रमका प्रमुख अतिथी उपराष्ट्रपति नन्दबहादुर पुनलाई संझिन् खोजिन्, तर सकिनन् । यसैले उनले उपस्थित सम्माननिय व्यक्तित्वहरु मात्र भनिदिइन् ।

तर, यसपछि करिश्माले बलिउडका कलाकार गोविन्दाको भने प्रशंसा गर्दै उनलाई नेपालमा स्वागत छ भनिन् । उनले गोविन्दाकी छोरीको नाम समेत लिन भ्याइन् ।

कार्यक्रममा पहिले उपराष्ट्रपतिको नाम लिदै उनलाई सम्मान गर्नुपर्ने हो । तर, करिश्मालाई उनको नाम नै याद भएन वा खै किन, उनले सम्माननिय व्यक्तित्वहरु मात्र भनिन् । तर, बलिउडका एक कलाकारको भने नाम लिएर प्रशंसा गरिन् ।
उपराष्ट्रपतिको नाम लिदा कलाकार सुनिल थापालाई पनि समस्या भयो । उनले त उपराष्ट्रमन्त्री ज्यू भनिदिएका थिए । तर, पछि अंग्रेजीमा मात्र उनले सच्च्याउन सके ।

करिश्मा र सुनिललाई जस्तो समस्या अरुमा पनि देखियो । आफ्नै देशका उपराष्ट्रपतिको नाम र उनको पद संझन कलाकारलाई यति गाह्रो छ ।