दुर्गेश थापा र रिनाको ‘राजी छु’ (भिडियो)

रेशम आले मगर र देबी घर्तिको लोक गीत “राजी छु’’ को भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत राजकुमार बगरको रहेको छ । म्यूजिक भिडियोमा मोडल दुर्गेश थापा र रिना थापाले अभिनय गरेका छन् । उक्त भिडियोको छायांकन राजेश घिमिरेको रहेको छ भने सम्पादन विष्णु शर्मा र निर्देशन प्रकाश भट्टले गरेका छन् ।