कवि किशोरको ‘सहरबिनाको सहर’

साहित्यकार दामोदर पुडासैनी ‘किशोर’ को कवितासंग्रह ‘सहरबिनाको सहर’ प्रकाशित भएको छ। कबिता संग्रहमा तराई मधेस केन्द्रित ५२ कविता संग्रहित छन् । कवि पुडासैनीले आफ्नो कृतिको बारे ‘मधेसमा हिमाल उठाउन खोज्नेहरू र हिमालमा मधेस ब्यूँझाउन खोज्नेहरू, आँखाका नानी हुन् हामी सबैका । मैले हिमालको पानी र मधेसको जवानी, मिसाउन खोजेको हुँ नेपालभरि,’ भनेका छन् ।

‘सहरबिनाको सहर’ का बारेमा बोल्दै वरिष्ठ समालोचक एवम साहित्यकार डा. राजेन्द्र बिमलले यस किसिमको कृतिले हिमाल, पहाड र तराईका जनताबीचको भावनात्मक सम्बन्ध अझ प्रगाढ हुने बताए ।

साझा प्रकाशनद्वारा प्रकाशित पुडासैनीको यो चौधौं कृति हो । यसअघि उनका सात कविता संग्रह, पाँच नियात्रा संग्रह र एक दर्शन कृति प्रकाशित छन् ।