‘स्त्री’ सय करोड क्लबमा

श्रद्धा कपुर तथा राजकुमार राव स्टारर सस्पेन्स हरर फिल्म ‘स्त्री’ ले सय करोड कलेक्सन पार गरेको छ । रिलिजको १६ औं दिनमा फिल्मले उक्त कमाइ गरेको हो । यो सँगै ‘स्त्री’ यस वर्ष सय करोड कमाउने ९ औं फिल्म बनेको छ । फिल्म २४ करोड बजेटमा निर्माण भएको हो ।

रिलिजको दिन फिल्मले ६.८२ करोडको कमाइ गरेको थियो । पहिलो सातामा ६०.१४ करोड कमाइ गरेको फिल्म रिलिजको दोश्रो सातामा ३५.१४ करोड कमाउन सफल भएको छ । त्यसअघि रिलिज भएको ‘गोल्ड’ले पनि सय करोड कमाइ गरेको थियो । यस वर्ष बलिउडमा अप्रिल तथा जुलाई महिना छाडेर हर महिना कम्तीमा एक फिल्मले सय करोडको आँकडा पार गर्न सफल भएका छन् ।

‘स्त्री’ फिल्म एक सत्य घटनामा आधारित भएको बताइन्छ । स्त्री अमर कौशिकको डेब्यू फिल्म हो ।