प्रियंका महेशलाई ‘पिरती लाउदिन दुईतिर…’ भनेर सम्झाउदै

कविता शिवाकोटीको स्वरमा ‘पिरती लाउदिन दुईतिर…’ गीत सार्वजनिक भएको छ । ‘कविता’ एल्बममा रहेको गीतमा नायिका प्रियंका कार्की र महेश खड्का फिचार्ड छन् । किरण के उप्रेतिको शब्द,  पुष्कर सुनुवारको सङ्गीत रहेको गीतमा चन्दु गोर्खालीको सङ्गीत संयोजन रहेको छ । गम्भीर विष्टको निर्देशन तथा कोरियोग्राफर रहेको गीतको भिडियोलाई नवराज उप्रेतिले छायाँकन गरेका हुन भने नवीन निरौलाले सम्पादन गरेका छन् ।