‘चंगा चेट’को दोश्रो गीत ‘ढल्की ढल्की नाचन’ सार्वजनिक

माधव वाग्ले र शर्मिला पाण्डेको निर्माण तथा दिपेन्द्र के खनाल निर्देशित फिल्म ‘चंगा चेट’को दोश्रो गीत ‘ढल्की ढल्की नाचन’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सुरक्षा पन्त, रविन्द्र झा, सन्दिप क्षेत्री, परमिता आरएल राणा लगायत फिचर्ड छन् । फिल्ममा निश्चल बस्नेत, बेनिशा हमाल र रीचा शर्मा अतिथि भुमिकामा देखिनेछन् ।

हरिहर तिमल्सिनाको शब्द र अलमोडा राना उप्रेतीको स्वर तथा मिस्टर आरजेको संगीत रहेको गीतको भिडियोमा प्रविन सिंहको कोरियोग्राफी छ । फिल्ममा प्रदीप भारद्वाजको पटकथा तथा संवाद, अर्जुन पोखरेलसँगै राजनराज सिवाकोटीको संगीत, सुर्य थोकरको द्वन्द, निरक कँडेलको छायांकन र दीर्घ खड्काको सम्पादन रहेको छ । फिल्म कात्तिक १६ मा रिलिज हुँदैछ ।