ब्याडमिन्टन प्रतियोगितामा सीतेबा आयोजक, धुर्मुस सुन्तली भिड्दै

भद्रगोलका कालकार मधुसुदन पाठक ‘सीते बा’ ले तेस्रो संस्करणको योनेक्स सनराइज जेष्ट राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता गर्ने भएका छन् । पाठक अध्यक्ष रहेको जेष्ट ब्याडमिन्टन एकेडेमीले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै तेस्रो संस्करणको प्रतियोगिता असोज ३ गतेदेखि ७ गतेसम्म हुने जानकारी गराएको हो ।
ब्याटमिन्टनको उद्घाटन धुर्मुससुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल र कुञ्जना घिमिरेले संयुक्त रुपमा गर्नुका साथै दुवै जनाले ब्याडमिण्टन खेल्ने पाठकले बताए । पत्रकार सम्मेलनमा बोल्दै सीतेबाले आफ्नो खेल प्रतिको रुची र प्रेमले प्रतियोगीताको आयोजना गरिएको जानकारी दिए । ब्याडमिण्टनको लोकप्रियता देशै भरी भएकोले स्वास्थ्यको हिसावले राम्रो हुनुका साथै अस्पताल अनावश्यक धाउनु पर्ने झन्झट घट्ने सीतेबाको भनाई रहेको छ ।
प्रतियोगिता असोज ३ गते एकेडेमीको हल बसुन्धरामा हुनेछ । यसपटक प्रतियोगितामा ९ विधा समावेश गरिएको छ । पुरुष युगल खुल्लालाई यसपटक प्रतियोगितामा समावेश गरिएको नेपाल राष्ट्रिय ब्याडमिन्टन टिमका मुख्य प्रशिक्षक तथा प्रतियोगिता संयोजक सुदिप योन्जनले जानकारी गराए । खेलका हरेक विधाका विजेताहरुलाई नगद राशी सहित प्रमाण पत्र प्रदान गरिने भएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भै सकेको छ ।

पत्रकारद्वय डंगोल र श्रेष्ठद्वारा संग्रहित पुर्व कुमारी बज्राचार्यको फोटो प्रदर्शनी…

प्रधानमन्त्री प्रचण्डलाई टोपी प्रदान गर्दै १० औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस …

‘पोखरा सडक महोत्सव’मा जे देखियो (फोटो फिचर)

‘पोखरा सडक महोत्सव’ सुरु, झाँकीमा रमाए पर्यटक (फोटोफिचर)

भ्याली ग्रुप तयारी खाध्यमा आक्रामक बन्दै, भ्याली एक्सप्रेसको सातौ चेन पुल्चोकमा

परिवारको आग्रहमा यो समाचार हटाइएको छ ।

सम्बन्धविच्छेद पछि जेरीको टिप्पणी, ‘तिमिले दिएका हर आँशुको थोपालाई मोति बनाउ…

प्रतिक्रिया