नीताको छायाँमा वेनिशा

गएको बर्ष रिलिज भएका फिल्ममा असफल भएपनि ब्लाइन्ड रक्स र पञ्चायतबाट अभिनेत्रीहरु वेनिशा हमाल र नीता ढुंगानाले प्रशंसा पाएका थिए । फिल्ममा  दुबै  हिरोइनले काम पनि उत्कृष्ट गरेका थिए ।

यही कारणले पनि हो कि, यो बर्ष हुने अवार्डमा दुई अभिनेत्रीमा कडा टक्कर हुने अनुमान गरिएको थियो । तर, अवार्डको नजिता हेर्दै जादा त्यस्तो देखिएको छैन ।

नोमिनेशनमा परेपनि अभिनेत्री वेनिशा हमाललाई नीताले काच्चै खाइदिएकी छिन् । फरक फरक जनराको फिल्ममा काम गरेकाले पनि दुबै अभिनेत्रीको अभिनयले तारिफ कमाएको हो ।

नीताले यो बर्षमात्र ३ वटा अवार्ड पाइसकेकी छिन् भने वेनिशाले एउटा मात्र अवार्ड पाएकी छिन् । अवार्ड त अझै पनि हुन धेरै बाँकी छ । तर, यो बर्ष वेनिशा नीताको छायाँमा पर्ने अवार्डको नजिताले पुष्टी गर्न थालेको छ ।

व्यस्तताको कुरा गर्दा वेनिशा भन्दा नीता चार गुणा माथि छिन् । वेनिशाको हातमा फिल्म छैन । नीताको हातमा फिल्मको कमी छैन । अवार्ड पनि नीताकै हातमा, फिल्म पनि नीताकै हातमा ।