अवार्डका लागि जापान नगएका हुन् प्रदीप र नाजिर ?

आइतबार आयोतित सिने सर्कल अवार्डको आलोचना कम भएको छैन । निर्लज्ज तरिकाले अवार्ड बाँडेको भन्दै यसको तिव्र आलोचना भैरहेको छ । तर, यही आलोचनाको विचमा अभिनेता प्रदीप खड्का र अभिनेता नाजिर हुसेनको कुरा पनि गरौँ ।

नाजिर र प्रदीप दुबै जापानमा आयोजना भएको सूर्य इन्टरनेशल अवार्डमा सहभागी हुन जान तयार थिए । दुबैको भिजा पनि आइसकेको थियो । तर, यी दुबै जना जापान गएनन् बरु सिने सर्कल अवार्डमा देखिए । सिने सर्कल अवार्डमा प्रदीपले पपुलर अभिनेताको अवार्ड जितेका थिए । नाजिरलाई तिमी सँग फिल्मबाट उत्कृष्ट अभिनेताको अवार्ड नै दिइएको थियो ।

नाजिर र प्रदीप जापान भिसा आएर पनि नजानु, यता अवार्ड पाउनु बाघ कराउनु र खोरबाट बाख्रो हराउनु एउटै समयमा जस्तो त भएको होइन होला । कतै आयोजकले अवार्डको लोभ दिएर नाजिर र प्रदीपलाई नेपालमै राखेको त होइन ?